६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


गजुरमुखी धाम नजिकै बन्नेभयो सुविधा सम्पन्न बृद्धाश्रम


0
Shares

काठमाडौं । एक करोडको लागतमा माङसेबुङ गाउँपालिकामा पर्ने चर्चित गजुरमुखी धाम नजिक बृद्धाश्रम निर्माणको अभियान सुरु भएको छ । आउँदो एक बर्षमा निर्माण सम्पन्न हुने गरी बृद्धाश्रम शिलान्यास गरिएको छ ।

पूर्व गृहमन्त्री तथा कांग्रेस नेता कृष्ण सिटौला, प्रदेश सदस्यहरु धिरेन्द्र शर्मा, राम राना र माङसेवुङ गाउँपालिकाका प्रमुख डिकेन्द्र इदिङ्गोले हालै संयुक्तरुपमा बृद्धाश्रमको शिलान्यास गरेका छन् ।

स्थानीय मित्र न्यौपानेले दिएको तीन रोपनी जग्गामध्ये बृद्धाश्रम भवनका का लागि थप २ रोपनी जग्गा गजुरमुखी सामाजिक विकास मंचले खरिद गरेको छ ।

मंचको अगुवाईमा निर्माण हुने २० कोठे बृद्धाश्रममा ३० जना अट्न सक्ने क्षमताको हुनेछ । मंचले लामो समयदेखि बिद्धाश्रम निर्माण गर्न पहल गरे पनि स्रोतको अभावमा सकेको थिएन ।

भवन निमार्णको लागि ठुलो हिस्सा मञ्चका अध्यक्ष दिपक गौतम आफैंले सहयोग गर्ने बचन दिएका छन् । अन्य रकम ब्यवसायीहरुबाट संकलन गर्ने योजना बनाइएको छ ।

बृद्धाश्रम संचालनको लागि रु १ मा करोड अभियान संचालन गरिने बताइएको छ । राजनीतिक, सामाजिक, जातीय बिभेदहरु मेटाउदै सवैलाई एकै मालामा उन्ने हाम्रो अभियान हो । हाम्रो त सबैलाई जोड्ने प्रयासमात्र हो, यसको संरक्षण, संचालन, ब्यवस्थापन सबै स्थानीयहरु नै सरिक भएर गर्ने हो, मञ्चका अध्यक्ष गौतमले भने ।

धमाधम रकम जुट्न थालेपछि मन्चले भब्य समारोहबीच पूर्व उपप्रधानमन्त्री कृष्ण सिटौलाले भवन निर्माणको शिलान्यास गरेका छन् ।

सुविधासम्पन्न भवनमा १५ कोठामा २र२ जनाका दरले वृद्धवृद्धा रहने र अन्य कोठामा भान्छाघर, प्रशासन, बैठक कक्ष राखिने मञ्चले जनाएको छ ।

बृद्धाश्रम परिसरमा कृषि उत्पादन र बगैंचा पनि निर्माण गरिने भएकाले थप जग्गाकालागि पनि संस्थाले पहल गरिरहेको बताइएको छ ।

बृद्धाश्रमलाई दिर्घकालीन रुपमा संचालन गर्न स्थानीयहरुलाई नै सहभागी गराउदै रु १ मा  करोड अभियान समेत संचालनमा ल्याइएको छ ।

यो अभियानबाट उठेको पैसालाई छुट्टै कोष बनाएर त्यसको ब्याजबाट बृद्दाश्रम संचालन गर्ने योजना बनाइएको संस्थाका सचिव माधव चम्लागाईले बताए ।

उनका अनुसार एकजना ब्यक्तिले दैनिक रु १ का दरले एक बर्षसम्म दिदाँ तीनसय पैँसठी हुने साथै ५ बर्षसम्म लगातार रु एकका दरले पाँच बर्षसम्म दिदाँ अठारसय पच्चीस हुन्छ यसरी नै ५५ सय जनाले ५ वर्षको रकम जम्मा गर्दा १ करोड भन्दा बढी रकम उठ्ने बताइएको छ ।

यसरी सबै स्थानीयहरुलाई जोड्दै उठेको रकमको व्याजले आश्रम सञ्चालन गर्ने संस्थाको योजना छ ।

देशभरका बृद्धाश्रमको अवस्था हेर्दा निर्माण गर्नु भन्दा सञ्चालनमा कठिनाई देखिएकाले यो अभियान चलाएको उनको भनाई छ ।

गजुरमुखी धाम भन्दा भन्दा ४ सय मिटर दक्षिणमा बृद्धाश्रम निर्माण हुनेछ ।

बृद्धाश्रम निर्माणपछि यस क्षेत्रमा अन्य सामाजिक कार्य गर्दै लैजाने मञ्चको योजना रहेको छ । ४ वर्षअघि स्थापना भएको यो संस्थाले  छोटो समयमा नै बृद्धाश्रम निर्माण र सञ्चालनको बटुलेको हो ।

इलामको माङसेबुङ गाउपालिका १ स्थित प्रसिद्ध धार्मिक स्थल गजुरमुखी धाममा हालै तीनदिनसम्म मेला पनि लागेको थियो ।