बैतडीमा १५२ जना एसइई परीक्षा दिनबाट बन्चित • Image Khabar Image Khabar


बैतडीमा १५२ जना एसइई परीक्षा दिनबाट बन्चित


Imagekhabar
७ चैत्र २०७४, बुधबार १४:४४

बैतडीमा १५२ जना एसइई परीक्षा दिनबाट बन्चित

विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका, समयमै शुल्क नतिरेका तथा बीचमै विद्यालय छाडेका विद्यार्थी परीक्षाका लागि अयोग्य भएका जिल्ला शिक्षा कार्यालय बैतडीका निमित्त जिल्ला शिक्षा अधिकारी शंकरदत्त भट्टले जानकारी दिए ।

बैतडीमा यो वर्षको एसइई परीक्षामा ५ हजार ८०० भन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन् ।

चैत ८ गतेदेखि सुरु हुने एसइई परीक्षामा बैतडीमा २ हजार ७३६ छात्र र ३ हजार १५८ छात्रा गरी कुल ५ हजार ८९४ परीक्षार्थी सामेल हुने जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ ।

जसमा नियमिततर्फ २ हजार ५७३ छात्र र २ हजार ८१६ छात्रा गरी ५ हजार ३८९ परीक्षार्थी सहभागी हुने भएका छन् भने १६३ छात्र र ३४२ छात्रा गरी ५०५ जना एक्जाम्टेडतर्फ र ८ जना प्राविधिकतर्फ सहभागी हुनेछन् ।

परीक्षाका लागि बैतडीमा २५ केन्द्र नियमित र दुई केन्द्र एक्जाम्टेडका गरी जम्मा २७ ओटा परीक्षा केन्द्र कायम गरिएको छ ।

परीक्षामा ८०० भन्दा बढी जनशक्ति परिचालन गरिने भएको छ । २७ केन्द्राध्यक्ष, ३१ सहायक केन्द्राध्यक्ष, २४८ निरीक्षक, ४०५ सुरक्षाकर्मी र १३७ जना सहयोगी गरी ८४८ जनशक्ति परिचालन हुने जनाइएको छ ।

यस्तै, बैतडीमा परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । उत्तरपुस्तिका र प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पुगिसकेका छन् भने केन्द्राध्यक्ष पनि खटिइसकेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्