काठमाडौं । स्पेनिस लिग फुटबलको अंक तालिकामा सेभिया शिर्ष स्थानमा उक्लिएको छ ।
ला लिगाअन्तर्गत गएराति भएको खेलमा रियाल भालाडोलिडलाई १–० ले हराउँदै सेभियाले तालिकामा शिर्ष स्थानमा रहेको बार्सिलोनालाई उछिनेको हो ।
खेलको ३० औं मिनेटमा आन्द्रे सिल्भाले गरेको गोल सेभियालाई विजयी गराउन पर्याप्त बन्यो ।
ला लिगाअन्तर्गत गएराती भएका अन्य खेलहरुमा भियारियालले रियाल बेटिसलाई २–१ ले हराउँदा जिरोनाले इस्पानियोललाई ३–१ ले पराजित गर्यो ।
गएरातीका खेलहरुपछि स्पेनिस लिगको अंक तालिकामा १३ खेलबाट २६ अंक जोड्दै सेभिया शिर्ष स्थानमा उक्लिएको छ ।
समान खेलबाट २५ अंक जोडेको बार्सीलोना भने दोस्रो स्थानमा झरेको छ ।
२४ अंकसहित एट्लेटिको मड्रिड तेस्रो तथा २३ अक जोडेको आलाभेस चौथो स्थानमा रहेका छन् । २० अंक जोडेको रियाल मड्रिड छैटौं स्थानमा छ ।








प्रतिक्रिया दिनुहोस्