राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुँदै • Image Khabar Image Khabar


राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुँदै


Imagekhabar
७ चैत्र २०७४, बुधबार २१:०५

राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुँदै

आयोजक घरेलु तथा साना उद्योग विकास समितिले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रदर्शनीबारे विस्तृत् जानकारी गराएको हो ।

‘स्वदेशी वस्तु उपयोग गरौं, समृद्धितर्फ अघि बढौं’ भन्ने मूल नाराका साथ यही चैत ९ गते शुक्रबारदेखि १३ गतेसम्म भृकुटीमन्डपमा प्रदर्शनी हुन लागेको हो ।

प्रदर्शनीमा ७७ जिल्लाका उद्यमीले उत्पादन गरेका हस्तकला, छालाका उत्पादन, रेशमधागोबाट उत्पादित वस्तु, कृषिजन्य उत्पादनहरुलगायत सामग्रीहरु राखिनेछन् ।

प्रदर्शनीमा सहभागी उद्योग तथा उद्यमीहरुलाई विभिन्न समूहमा विभाजन गरी प्रत्येक समूहबाट एक/एकजनालाई उत्कृष्ट उद्यमी पुरस्कारस्वरुप नगद, शिल्ड तथा प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।

झन्डै ५ लाखले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा आयोजककोे छ ।

प्रतिक्रिया दिनुहोस्