२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राजधानीको बालाजुमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु


0
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार राति सवा १२ बजे बा७९प ७८११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक नुवाकोट, बेलकोट नगरपालिका–३ घर भएका अन्दाजी २१ बर्षीय सुनिल पुडासैनीको उपचारको क्रममा शिक्षण अस्पताल महराजगंजमा मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडि सवार कलंकी बस्ने नुवाकोट बेलकोटगढी–५ का नवराज मुडभरी घाइते भएका छन् । उनको पिपुल्स मेडिकल कलेज नयाँबजारमा उपचार भइरहेको छ ।