
संसारभरिका यात्री र पर्यटकलाई जोड्ने सबैभन्दा ठूलो अनलाइन पोर्टल ‘टुरएचक्यू’ले उनलाई ‘ग्लोबल टुर गाइड अवार्ड २०१८’ प्रदान गरेको छ ।
सिंगापुरस्थित संस्थाले पर्यटकलाई अविश्वसनीय अनुभव दिलाएको भन्दै सिलवाललाई उक्त सम्मान प्रदान गरेको हो ।
उक्त पोर्टलले संसारभरका २६ हजारभन्दा बढी सक्रिय पथप्रदर्शकमध्येबाट उत्कृष्ट १०० को सूची तयार गरेको थियो ।
‘२६ हजारभन्दा बढी गाइडहरुले यो सफल यात्रामा योगदान गरेका छन्, तपाइँजस्तै केही गाइडले बृहत् ज्ञान, अतुलनीय सेवा र मिलनसार व्यवहारका कारण उत्कृष्टता हासिल गरेका छन्’–टुरएचक्यूले भनेको छ ।
आधा दशकअघिसम्म पत्रकारितामा सक्रिय सिलवाल पछिल्लो समय पथप्रदर्शन र लेखनमा सक्रिय छन् ।
उनले भूकम्पपछि मानवविहीन लाङटाङमा पत्रकारकारुपमा सबैभन्दापहिले पैदलै पुगेर त्यहाँको अवस्था समेटिएका दुई वृत्तचित्र ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’(बिउँझदै र हिँड्दै) तयार गरेका थिए ।
पछिल्लो तीन वर्षको पथप्रदर्शनकाक्रममा ६० भन्दा बढी देशका पर्यटकलाई आफूले घुमाएको सिलवाल बताउँछन् ।
भूकम्पले थिलथिलो भएको लाङटाङको वास्ताविकता जनसमक्ष ल्याउन भूमिका खेलेबापत सिलवाललाई लाङटाङ मेनेजमेन्ट एन्ड रिकन्सट्रक्सन कमिटीले ‘लाङटाङ सद्भावनादूत’ बनाएको छ ।
मुलुकको पर्यटकीय क्षेत्रको उत्थान र प्रवद्र्धनमा भूमिका खेलेको भन्दै ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले पनि उनलाई सम्मान गरिसकेको छ । रासस
प्रतिक्रिया दिनुहोस्