Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


मदन भण्डारी स्मृति पुरुष भलिवल प्रतियोगिता सुरु


0
Shares

धनकुटा, मंसिर ९ । धनकुटामा आजदेखि मदन भण्डारी स्मृति पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ ।

मदन भण्डारी स्पोर्ट एकेडेमी प्रदेश नं. १ को आयोजनामा प्रतियोगिता आयोजना भएको हो । प्रतियोगितामा प्रदेश नं. १ का १४ जिल्लाका १४ टिम सहभागी छन् ।

खेलको पहिलो दिन भोजपुर, संखुवासभा, ओखलढुङ्गा, झापा र मोरङ विजयी भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार १ सय ११, उपविजेताले १ लाख १ हजार १ सय ११, तेस्रो स्थानले ५१ हजार १ सय ११ र चौथो स्थानले २५ हजार १ सय ११ रुपैयाँ पाउने छन् ।

प्रतियोगिता मंसिर १३ गतेसम्म सञ्चालन हुने छ ।