Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


असोजमा ४.७ प्रतिशत मुद्रास्फीति


0
Shares

काठमाडौं, मंसिर ९ । चालु आर्थिक बर्षको असोज महिनामा मुद्रास्फीति ४.७ प्रतिशत रहेको छ ।

अघिल्लो बर्षको यसै अवधिमा यस्तो मुद्रास्फीति ३.१ प्रतिशत रहेको थियो । खासगरी, खाद्यान्न, तरकारी, माछामासु र पेय पदार्थको मूल्य तथा घरभाडा बढेका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति बढ्न गएको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक आर्थिक वर्ष २०७५/७६ को तीन महिनामा कुल वस्तु निर्यात १६.१ प्रतिशतले वृद्धि भई  रु. २३ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.१ प्रतिशतले वृद्धि भएकोे थियो ।

यस अवधिमा कुल वस्तु आयात ४३.६ प्रतिशतले बढेर रु. ३७३ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७.९ प्रतिशतले बढेको थियो ।

असोजसम्ममा कुल वस्तु व्यापार घाटा ४५.९ प्रतिशतले विस्तार भई रु. ३४९ अर्ब ८४ करोड पुगेको छ । यस अवधिमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले वृद्धि भई रु.२४२ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले बढेको थियो ।

यस्तै, चालु खाता घाटा विस्तार भई रु.८१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु. २५ अर्ब ५२ करोड थियो । शोधनान्तर खाता रु.३५ अर्ब ४२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर खाता  रु.४ अर्ब २७ करोडले बचतमा थियो ।

समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु.१७० अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१३८ अर्ब ८४ करोड थियो ।

चालू खर्च रु.१४९ अर्ब ५७ करोड पुगेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१२६ अर्ब ३५ करोड थियो । पूँजीगत खर्च जम्मा १८ अर्ब ७८ करोड भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.११ अर्ब ६४ करोड भएको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.४ प्रतिशतले र कर्जा प्रवाह ७.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.७ प्रतिशत र कर्जाको वृद्धिदर २५.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।