
सार्वजनिक कोशी पहाडी ट्याक्सी यातायात ब्यवसायी संघ हिलेमार्फत धनकुटाका विभिन्न ग्रामीण क्षेत्रसहित तेह्रथुम, भोजपुर, संखुवासभासम्म सवारीसाधन सञ्चालन हुँदै आएका थिए । तर सरकारले चैत १ गतेदेखि २० बर्षे पुराना यातायातका साधन सञ्चालनमा रोक लगाएपछि ती क्षेत्रमा यातायातका साधन सञ्चालन हुन छाडेको हो ।
यातायातका साधन सञ्चालनमा रोक लगाएपछि ग्रामीण क्षेत्रका सर्वसाधारण समस्यामा परेका छन् । सार्वजनिक कोशी पहाडि ट्याक्सी यातायात ब्यवसायी संघ हिलेमार्फत पहाडि क्षेत्रमा ४७ बटा यातायातका साधन सञ्चालन हुँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्