५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024


नविल बैंकले ल्यायो विभिन्न १३ रोगको उपचार बिमा योजना


0
Shares

काठमाडौं, मंसिर ९ । नविल बैंकले २५ हजार रुपैयाँ माथिका बचतकर्ताका लागि ३ लाखरुपैयाँ सम्मको नयाँ बीमा योजना ल्याएको छ ।

बैंकले मेटलाईफ बीमा कम्पनीको सहकार्यमा १६ देखि ६५ बर्ष उमेर समूहका खातावालाहरुलाई १३ वटा रोगको उपचारमा बिमा सुविधा उपलब्ध गराउने नयाँ योजना ल्याएको हो ।

बैंकले तीन लाख रुपैयाँ बराबरको घातक रोग बिमा र ७५ हजार रुपैयाँ बराबरको मृत्यु लाभ बिमा योजना ल्याएको हो । बैंकले दैनिक मौज्दात २५ हजार रुपैयाँ वा बढि राख्ने खातावालाहरुलाई क्यान्सर, हृदयघात, मृगौला लगायतका १३ वटा रोगहरुको उपचारार्थ रकम दिने जनाएको छ ।