
काठमाडौं, मंसिर ९ । सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गरेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिक बजेट र नीति तथा कार्यक्रम कार्यान्वयनको समिक्षा गर्दै सरकारले काम गर्न नसकेको स्वीकार गरेको हो ।
यस्तो स्वीकारोक्तिसँगै प्रधानमन्त्री केपी ओलीले जनअपेक्षाअनुसार काम गर्न निर्देशन पनि दिएका छन् । तर, राजनीतिक विश्लेषकहरुले भने प्रधानमन्त्रीले निर्देशन दिँदैमा सरकारको काममा सुधार हुने सम्भावना क्षीण रहेको जिकिर गरेका छन् ।
राजनीतिक स्थिरता र मुलुकको सम्मृद्धिको नारासहित गठन भएको दुई तिहाई बहुमतको सरकारले पनि अपेक्षाकृत काम गर्न नसकेको भन्दै आमनागरिकले गुनासो गरिरहेका थिए । तर, सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली र उनका मन्त्रीले भने जनगुनासोलाई स्वीकार्न सकेका थिएनन् । काम गर्न नसकेको आमनागरिकको गुनासोलाई प्रधानमन्त्री र मन्त्रीहरुले कि ओठे जवाफ दिने गरेका थिए कि त प्रतिवाद गर्ने गरेका थिए । तर, सरकार गठन भएको ९ महिना बितेपछि मात्र सरकारले काम गर्न नसकेको जनगुनासो स्वीकार गरेको हो ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्