Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


सिरहामा प्रेसरकुकर बम विस्फोट, ८ जना घाइते


0
Shares

दिउँसो १ बजेतिर अचानक बम विस्फोट हुँदा विकास ट्रेडर्सका सन्चालक विकास शारडा, उनका भाइ राहुल शारडा, पसलमा काम गर्ने २१ वर्षीया अस्मिताकुमारी चौधरी, पसलमा किनमेलका लागि आएकी सिरहाको नवराजपुर गाउँपालिका–३ निवासी २२ वर्षीया देवकुमारी यादव, उनका सात वर्षीय छोरा सतिश यादव, सप्तरीको सुरुंगा नगरपालिका–६ निवासी मनिकादेवी राम, लहान नगरपालिका–२१ निवासी बबिता यादव र उनकी बहिनी विनीता यादव घाइते भएका हुन् ।

घाइतेमध्ये पाँचजनाको लहानस्थित सप्तऋषि नर्सिङहोममा र तीनजनाको लहानस्थित रामप्रसाद उमास्मारक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिए ।

बम विस्फोट कसले र किन गराएको भन्ने केही खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भेटवालले बताए ।

यसअघि, गत फागुनमा पनि लहानका छुट्टाछुट्टै दुई स्थानमा अज्ञात समूहले बम विस्फोट गराएको थियो । रासस