
‘वेदर रेडी क्लाइमेट स्मार्ट’ भन्ने नारासहित मनाएको मौसम दिवसका अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम गरियो ।
हावापानी परिवर्तनबाट भविश्यमा हुने क्षतिको न्यूनीकरणका लागि मौसमको पूर्वजानकारी लिनु आवश्यक छ भन्ने सन्देश दिने उद्देश्यले यस वर्षको विश्व मौसम विज्ञान दिवसको नारा वेदर रेडी क्लाइमेट स्मार्ट राखिएको जनाइएको छ ।
सन् १९६६ मा नेपाल विश्व मौसम संगठनमा आवद्ध भएपछि नेपालमा मौसम पूर्वानुमानलगायत मौसमसम्बन्धी गतिविधि निगरानीको क्रम सुरु भएको हो ।
सोको आधा शताब्दीभन्दा बढी समय बितिसके पनि नेपालमा अझैपनि मौसमको पूर्णजानकारी लिने अवस्था भने छैन ।
उपकरणको अभावमा अहिलेपनि मानिसले आकाशमा बादल हेरेरै मौसमको अनुमान लगाउनुपर्ने अवस्था रहेको छ ।
पछिल्लो चरणमा भने जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा अत्याधुनिक मौसम पूर्वानुमान उपकरणहरुको जडानलाई तीव्रगतिमा अघि बढाएको छ ।
देशका १७ ओटा स्थानमा मौसम अध्ययनका स्टेसन खडा गर्ने काम भइरहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।
मौसम पूर्वानुमान महाशाखाले गर्ने भविश्यवाणीप्रति सर्वसाधारणले विश्वास नगर्ने गरेको भन्दै उनले नयाँ स्टेसनहरु खडा भएपछि मौसम पूर्वानुमान धेरै विश्वसनीय हुने बताए ।
मौसम पूर्वानुमानको भरपर्दो प्रणाली नहुँदा मौसमी फेरबदलमात्रै नभइ ठूल्ठूला बाढीबाटसमेत जनधनको ठूलो क्षति हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्