हेडक्वाटरले लुकायो ६ हजार प्रहरीको रेकर्ड • Image Khabar Image Khabar


हेडक्वाटरले लुकायो ६ हजार प्रहरीको रेकर्ड


Imagekhabar
१० चैत्र २०७४, शनिबार ०६:२८

हेडक्वाटरले लुकायो ६ हजार प्रहरीको रेकर्ड

काठमाडौं, चैत १० । नेपाल प्रहरीमा ७२ हजार ७ सय ३३ प्रहरीको दरबन्दी स्वीकृत छ ।

तर, प्रहरीले गृह मन्त्रालयलाई ६७ हजार कर्मचारीको मात्रै रेकर्ड बुझाएको छ ।

सरकारी तलब खाने बाँकी ५ हजार ७ सय ३३ प्रहरी कहाँ कार्यरत छन् गृहलाई पनि थाहा छैन ।

स्वीकृत दरबन्दी र नेपाल प्रहरीले बुझाएको रेकर्डमा ठूलो अन्तर परेपछि गृहले ती प्रहरी कर्मचारीको खोजी प्रक्रिया सुरु गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल प्रहरीमा पाँचहजार भन्दा धेरै प्रहरी कर्मचारीको भौतिक रेकर्ड नदेखिएको बताए ।

‘नेपाल प्रहरीमा करिब ७२ हजार प्रहरी कर्मचारीको दरबन्दी स्वीकृत छ । तलब सुविधा पनि सोही अनुसार जान्छ । तर, निर्वाचनका बेला प्रहरीले आफूसँग ६७ हजार मात्रै रहेको रेकर्ड बुझायो ।

रेकर्ड र दरबन्दी विश्लेषण गर्दा पाँच हजारभन्दा बढी फरक देखिन्छ । तलब सुविधा खाने, तर भौतिक रेकर्ड नदेखिने ती प्रहरी कर्मचारी कहाँ छन्, हामीले खोजिरहेका छौं ।’ -नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्