
पाँचथर, चैत १० । पाँचथर सदरमुकाम फिदिमबाट सुभाङतर्फ गइरहेको पिकअपको ठक्करबाट पाँचथर हिलिहाङ ५ का ४२ वर्षीय मोहमलाल रणपहेलीको घट्नास्थलमै मृत्यु भएको छ ।
गएराती भएको घट्नामा उनकी ३२ वर्षीय श्रीमती इन्द्रकला गम्भीर घाइते भएकी छिन् ।
फिदिमबाट सुभाङतर्फ जाँदै गरेको मे १ ज १८०९ नम्वरको पिकअपले बाटोमा हिडिरहेका रणपहेली दम्पतीलाई ठक्कर दिएको थियो ।
घाइते इन्द्रकलाको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि विएण्ड सि अस्पताल झापा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
चालक अजिम सुहाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्