६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


लैंगिक हिंसाविरुद्ध सरकार दृढ : परराष्ट्रमन्त्री ज्ञवाली


0
Shares

काठमाडौं, मंसिर ९ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले लैंगिक हिंसाविरुद्ध सरकार दृढतापूर्वक लागिरहेको बताएका छन् ।

लैंगिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका विषयक कार्यक्रममा बोल्दै उनले पितृसत्तात्मक सोच नै लैङ्गिक हिंसाको प्रमुख कारक रहेकाले यसविरुद्ध अभियान नै चलाउनु आवश्यक रहेको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डको दोषी अहिले उम्किएजस्तो देखिए पनि छिट्टै पत्ता लाग्ने बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले बालबालिकालाई माया र यौन दुर्व्यवहारबीचको फरक बुझाउनु जरुरी रहेको भन्दै सबै मिलेर लैंगिक हिंसाविरुद्ध जनचेतना बढाउन आवश्यक रहेको धारणा राखे ।