
हिजोदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गरेका छन् ।
सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टी संगठन ध्वस्त भएको र निर्वाचनमा पराजय ब्यहोर्नु परेको आरोप उनका आलोचकहरुले लगाएका छन् ।
अधिकांश नेताले पार्टीले निर्वाचका बेला स्पष्ट रणनीति बनाउन नसक्दा पराजय भोग्नु परेको धारणा राखेका छन् ।
सभापति देउवाले पार्टीको सिद्धान्त र आदर्शको धज्जी उडाएको, व्यक्तिगत महत्वकांक्षा र सत्ता केन्द्रीत राजनीतिक चरित्रका कारण पार्टी कमजोर भएको आरोप उनीहरुको छ ।
हिजोको बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्ण सिटौला, नारायण खड्कालगायतले सभापति देउवाको कार्यशैलीको अलोचना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्