६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


गुर्जाका बासिन्दाले सहजै लालपूर्जा र नागरिकता पाएपछि उत्साहित


0
Shares

ध्रुवसागर शर्मा/ईमेज:

म्याग्दी । म्याग्दीको अति विकट र दुर्गम धौलागिरि गाउँपालिका–१ गुर्जाका स्थानीयले वर्षौंसम्म लालपूर्जा र नागरिकता पाएका थिएनन् ।

लामो समयदेखि घरजग्गाको भोगचलन गरे पनि लालपूर्जा पाउन नसकेका उनीहरुमा सहज रुपमा लालपूर्जा र नागरिकता पाउँदा उत्साह देखिन्छ ।

सदरमुकाम बेनीबजारबाट २६ कोष टाढा रहेको धौलागिरी गाउँपालिकाको गुर्जा गाउँलाई जिल्लाकै भौगोलिक रुपमै अनकन्टार मानिन्छ ।

अहिलेसम्म कुनै सडकसञ्जाल नभएकोले सदरमुकाम आउनुपर्दा २ दिन पैदल हिड्नुपर्ने बाध्यता छ ।

२ सय ५० घरपरिवार रहेको गाउँमा २ सय परिवारको आजसम्म लालपुर्जा पनि थिएन ।

सदरमुकाम पुग्नै ठूलो सास्ती र खर्चको अभावमा पनि यहाँका वासिन्दा नागरिकता र लालपुजाविहीन नै थिए ।

नागरिकताको अभावमा कतिपय त राज्यबाट पाइने लाभबाट समेत बञ्चित रहेका थिए ।

स्थानीय सरकार आएपछि गाउँमै लालपुर्जा पाउँदा गुर्जाका स्थानीयमा ठूलै उत्साह छाएको छ ।

गुर्जाबासीले सहजताका साथ सेवा पाउन् भनेर घुम्ती शिविरमार्फत् नागरिकता र लालपुर्जा बनाइदिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी बताउँछन् ।

नागरिकता र लालपुर्जा नहुँदा गाउँका १० बृद्धबृद्धाले सामाजिक सुरक्षा भत्ता पाउन सकेका थिएनन् ।  र अन्य प्रशासनिक काममा ठूलो सास्ती भइरहेको थियो ।

एकिकृत घुम्ती शिविरबाट नागरिकता पाएपछि आफूहरुले जग्गा आफ्नो नाममा सार्न पाएको अर्का स्थानीय बताउँछन् ।

घुम्ती शिविरबाट ८६ जनाले नागरिकता, ६६ जनाले मतदाता परिचय पत्र, ९ जनाको अपाङ्गगता परिचय पत्र, र ३२ जनाले लालपुर्जा पाएका छन् ।