
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को आइतबार काठमाडौंमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन प्रतिवेदन सार्वजनिक गर्दै उनले इयूको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न दिएको प्रतिवेदन सच्याउन आग्रह गरे ।
इयूको प्रतिवेदनले आफू हेपिएको महसुस गरेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानलाई अवमूल्यन नगर्न पनि इयूको ध्यानकर्षण गराए ।
निर्वाचन पर्यवेक्षणको नाममा धर्म प्रचार गर्न आएका कतिपय संस्थालाई फर्काइएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यसको प्रतिशोध इयूले प्रतिवेदनमार्फत् व्यक्त गरेको दाबी गरे ।
आफू प्रजातन्त्रको लागि अडिग रहेको भन्दै प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानताको अभियानमा नेपाली जनताले चलाएको आन्दोलको स्मरण गरे ।
कठिन परिस्थितिमा पनि निर्वाचन सम्पन्न गर्न भूमिका खेल्ने सबैको प्रधानमन्त्री ओलीले प्रशंसा पनि गरे ।
निर्वाचन लोकतन्त्रको आधारस्तम्भ रहेको भन्दै उनले निर्वाचनमार्फत् प्रतिनिधित्वको न्यायोचित प्रणाली सुदृढ भएको बताए ।
निर्वाचनमार्फत् मुलुक नयाँ चरणमा प्रवेश गरेपनि अझै केही चुनौती बाँकी रहेकाले सजग भएर हिँड्नुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्