‘ढापपोखरी महोत्सव’ सम्पन्न • Image Khabar Image Khabar


‘ढापपोखरी महोत्सव’ सम्पन्न


Imagekhabar
११ चैत्र २०७४, आईतवार १७:५१

‘ढापपोखरी महोत्सव’ सम्पन्न

इलामको सन्दकपुर गाउँपालिका–५, जमुनास्थित ढापपोखरीमा शनिबारदेखि सुरु भएको महोत्सव आइतबार सम्पन्न भएको हो ।

‘रामनवमीमा ढापपोखरी जाऊँ, आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याऔं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा विविध जातीय संस्कृतिसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुति रहेको थियो ।

महोत्सवमा विभिन्न प्रजातिका वनस्पति, जडिबिुटीहरु, स्थानीय हस्तकला र विभिन्न कृषिजन्य वस्तुहरु प्रदर्शनीमा राखिएको थियो ।

महोत्सवमा ढापपोखरीमा डुंगा सयर, हाँगेथाम, चोयाटार, जौवारीलगायत रमणीयस्थलको घुमघामसँगै लोपोन्मुख रेडपान्डाको अवलोकन गर्न पाइने व्यवस्थासमेत मिलाइएको थियो ।

महोत्सव आयोजक समितिका अध्यक्ष विप्लव भट्टराईले जिल्लाका विभिन्न स्थानका साथै झापा, मोरङ, सुनसरीलगायत भारतको दार्जिलिङबाटसमेत पर्यटकहरु महोत्सवको अवलोकन गर्न आएको बताए ।

वि.सं. २०७२ वैशाखदेखि ढापपोखरी विस्तार र संरक्षणमा स्थानीयको निरन्तरको प्रयास जारी छ ।

महोत्सवपछि सो क्षेत्रमा जाने सडकको स्तरोन्नति गर्न स्थानीय सरकार लागिपर्ने अपेक्षा लिइएको छ ।

‘ढापपोखरी महोत्सव’ सम्पन्न

प्रतिक्रिया दिनुहोस्