आइतबार भएको खेलमा झापा–११ लाई ४–२ ले पराजित गर्दै सशस्त्रले क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।
सशस्त्रलाई जित दिलाउनेक्रममा नवीन लामाले ह्याट्रिक गरे भने रामकुमार कुमालले अर्को एक गोल गरेका थिए ।
झापा–११ का तर्फबाट कर्ण लिम्बू र खमिरले एक/एक गोल गरे ।
‘खेलको म्यान अफ दी म्याच’ पनि सशस्त्रकै नवीन लामा नै घोषित भए ।
प्रतियोगिताअन्तर्गत् सोमबारको खेल त्रिभुवन आर्मी क्लब र मदन भण्डारी स्पोर्टस् एकेडेमीबीच हुने जनाइएको छ ।
बुटवलको रामनगरस्थित मानवज्ञान माविको मैदानमा जारी प्रतियोगिता मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नम्बर–५ ले आयोजना गरेको हो ।
प्रतियोगितामा नेपालका तीन विभागीय र मलेसियाको हिमालयन फुटबल क्लबसहित १० टिमको सहभागिता छ ।
प्रतियोगिताको विजेता टिमले नगद १५ लाख र उपविजेता टिमले नगद ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्