Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


रियाल मड्रिडलाई आइबारले हरायो, बार्सिलोना र रियाल मड्रिड बराबरीमा रोकिए


0
Shares

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिड पराजित हुँदा बार्सिलोना बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा रियाल मड्रिडलाई आइबारले ३–० ले पाखा लगायो ।

घरेलु मैदानमा आइबारलाई जित दिलाउन गोन्जालो स्कालान्ते, सर्जी एन्रीच र किकेले एक–एक गोल गरे । हारसँगै रियाल मड्रिड थप दबाबमा आएको छ ।

ला लिगाअन्तर्गत गएराति भएको अर्को खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले गएराति एथ्लेटिको मड्रिडसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलमा एथ्लेटिकोका डिएगो कोष्टाले पहिलो गोल गरे पनि बार्सिलोनाका डेम्बेलेले ईन्जुरी समयमा एक गोल फर्काउँदै क्लबका लागि १ अंक जोडे ।

स्पेनिस लिगका अन्य खेलमा भ्यालेन्सियाले रायो भाएकानोलाई ३–० ले हराउँदा हुएस्का र लेभान्तेले २–२ गोलको बराबरी खेलेका छन् ।