
मिडिया इन्टरनेसनलको आयोजनामा गरिएको एक्स्पोको आइतबार बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले उद्घाटन गरे ।
लगानीका विधि, कर्जा र ब्याजबारे जानकारी दिन यस्तो एक्स्पो गरिँदै आएको आयोजकले जनाएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्था एवं बिमा कम्पनीहरुको सूचनामूलक स्टलहरु राखिएको एक्पोमा बैंकिङ लगानी, कर्जा, उद्यमशीलता, बैंकिङ तथा बिमा प्रविधि एवं बिमाको महत्वका विषयमा जानकारी गराइएको छ ।
आइतबारदेखि सुरु भएको दुईदिने एक्स्पो सोमबारसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्