
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको चेम्बरको प्रतिनिधिमन्डलसँग आइतबार गृह मन्त्रालयमा भएको भेटघाटमा मन्त्री थापाले यसका लागि चेम्बरलाई सहयोग गर्न आग्रह पनि गरे ।
उनले उद्योगी–व्यवसायीहरुको सुरक्षाका लागि गृह मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योग–व्यवसायको विविध क्षेत्रमा देखिएका समस्याबारे मन्त्री थापाको ध्यानाकर्षण गराए ।
उनले व्यापारीसँग जबर्जस्ती चन्दा, आर्थिक सहयोग माग्ने प्रवृत्ति अन्त्य हुनुपर्ने खाँचो औंल्याए ।
ढुवानीमा हुने गरेको कार्टेलिङलाई हटाउनुपर्ने विषय पनि उनले राखे ।
नेपाल र चीन नाकामा हुने विविध समस्याहरुबारे विशेष ध्यानाकर्षण गराउँदै उनले ती क्षेत्रमा सहज आवागमन हुनुपर्ने बताए ।
आवश्यकताभन्दा बढी सार्वजनिक बिदाले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पारेको भन्दै उनले बिदा कटौती गर्नुपर्ने, सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्थाहरु सुचारु हुनुपर्ने आवश्यकता पनि औंल्याएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्