
नेपालकै विभिन्न शहर र भारतसहित एशियाकै विभिन्न मुलुकका साथै अष्ट्रेलिया, अमेरिका र युरोपलगायत ५० भन्दा बढी देशबाट पाँच सय बढी पर्यटक पुगेका हुन् ।
नेपालको इनभिजन टिम र स्प्रीचुअल रिचुअल समूहको व्यवस्थापनमा आयोजित संगीत र कलाको पर्व ‘शक्ति पिक फेस्टिभल’ का लागि ५० भन्दा बढी देशका कला र संगीतका पारखी तीनजुरे पुगेका हुन् ।
मार्च २३ देखि २७ सम्म मनाइने फेस्टिभलका लागि आएकाहरु मंगलबारे र गुफाबजारको मध्यभागमा रहेको खुला चौरमा टेण्ट टाँगेर बसेका छन् ।
उनीहरुका लागि खाने, बस्ने र संगीतमा रमाउने व्यवस्था गरिएको व्यवस्थापक सुरज केसीले जानकारी दिए ।
उच्च लेकाली क्षेत्रको हावापानीमा रमाउँदै यहाँको मनोरम प्राकृतिक दृश्यावलोकन र विभिन्न प्रजातिका गुराँसको अवलोकन गर्दै संगीतमा झुम्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्