६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


जाखोर तालमा फैलिएको जलकुम्भी झार हटाउन सुरु


0
Shares

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको जाखोर तालमा फैलिएको जलकुम्भी झार हटाउन सुरु गरिएको छ ।

धनगढी उपमहानगरपालिकाको अगुवाईमा प्रशासन, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा तालबाट जलकुम्भी हटाउन सुरु गरिएको हो ।

विविधताले भरिएको धनगढीको पर्यटकीय स्थल जाखोर ताल जलकुम्भीका कारण कुरुप बन्दै गएको थियो ।

नगर प्रमुख नृपबहादुर वडले धनगढी उपमहानगरपालिकाभित्र रहेको मुख्य पर्यटकीय स्थलको सुन्दरता गुम्न थालेपछि सरसफाई अभियान थालिएको बताए ।

उनले प्रत्येक शनिबार ताल सरसफाई गर्नेसमेत जानकारी दिनुभयो । ताल सफा गरेर डुंगा सञ्चालनमा ल्याईने उनले बताए ।

जिल्ला वनस्पती कार्यालय कैलालीले माछा पालनमा रोक लगाएसँगै धनगढीको जाखोर तालमा जलकुम्भी भरिएको हो ।