
विगतमा केही समूहका निहित र राजनीतिक स्वार्थका लागि आन्दोलनमा लाग्नेहरु अहिले विकास र समृद्धिका लागि स्वस्र्फुत रुपमा आन्दोलन गर्न थालेका हुन ।
६ लेन सडक बनाउन माग गर्दै बन्द लगायतका कार्यक्रममा उत्रिएका स्थानीय अहिले धनगढी–दिपायल फाष्ट ट्रयाकको लागि आन्दोलनमा उत्रिएका छन् ।
मोहनापुल अत्तरीया सडक निर्माणमा समस्या आएपछि धनगढीका वासिन्दाहरु आन्दोलित हुँदै विकासका लागि वन्द समेत गर्न पछाडी परेनन ।
जस कारण स्थानीयदेखि केन्द्रसम्मका नेताहरु सवैलाई ततायो र अहिले विना अवरोध काम अगाडी वढिरहेको छ ।
यसअघि आफ्नै गाउँ ठाउँमा हुने विकासमा वोल्ने समेत प्रवृति नरहेकोमा हाल आएर सवै जना विकास र समृद्धिका लागि आवाज उठाउन थालेका छन ।
धनगढी–दिपायल फाष्ट ट्रयाकको निर्माणका लागि स्थानीयहरु आन्दोलनमा उत्र्रिएको संघर्ष समितिका संयोजक कुवेर शाहीले बताए ।
धनगढी दिपायल दु्रतमार्गअन्तर्गत धनगढी क्षेत्रको सडक धुलाम्य भएपछि स्थानीय आन्दोलित भएका हुन् ।
सडक क्षेत्रको धुलोले खान बस्न समेत समस्या भएको भन्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन ।
स्थानीय वासिन्दाले पटक–पटक सडकमा पानी हालेर धुलो नियन्त्रण गरी दिन धनगढी उप–महानगरपालिका र फास्ट ट्रयाक आयोजना कार्यालयलाई माग समेत गरेका थिए ।
तर सडक धुलाम्य भएर स्थानीयलाई बस्नै समस्या भईरहेका वेला दुवै निकायले वेवास्ता गरिदिएकाले वाध्य भएर संघर्ष गर्नु परेको सडक आसपासका वासिन्दाहरु वताउँछन ।
चुनावमा जनताको सेवा गर्ने बाँचा गर्दै विजयी भएका स्थानिय तहका जनप्रतिनिधीहरुले अहिले सडक धुलाम्य भएर बोलाउँदा समेत आउन मानेका छैनन ।
आफुहरुले धेरै निकाय धाउँदा पनि केही पहल नभएको भन्दै उनीहरु निराश समेत वन्दै गएका छन । आफुले पनि पहल गर्दा सहयोग नपाईएको वडा नम्वर ६ का अध्यक्ष भागीराम चौधरीले बताए ।
विकास र समृद्धि विना प्रदेशको मुहार फेर्न सकिदैन भन्ने कुरालाई हेक्का राखेर प्रदेशवासीहरु त्यसका लागि अग्रसर वन्दै गएका हुन । यसले राज्यका निकाय र राजनीतिक दलका नेताहरुलाई दवाव पुगिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्