Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


चोरी गर्ने गिरोह कारसहित पक्राउ


26
Shares

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–६ बस्ने २२ वर्षीय गणेश लामा, २१ वर्षीय लच्छु कार्की, २३ वर्षीय अनिल मगर, २४ वर्षीय सुमन तामाङ र २१ वर्षीय रुपक तामाङ रहेका छन् ।

उनीहरुले यही चैत १० गते काभ्रे, मन्डन–देउपुर नगरपालिका–२ स्थित सानुकान्छा तामाङको पसलबाट नगद रु तीन लाख चोरी गरेर फरार रहेको अभियोगमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए ।

प्रहरीले उनीहरुलाई भक्तपुर नगरपालिका–१०, कमलविनायकबाट बा७च ४२ नम्बरको कारसहित पक्राउ गरेको उनले जानकारी दिए ।

उनीहरुको साथबाट नगद रु एक लाख ६ हजार २१०, केही विदेशी मुद्रा, सुनको सिक्री एकथान, सुनको औंठी एकथानलगायतका सामग्री बरामद गरी थप अनुसन्धानका लागि सोमबारै इलाका प्रहरी कार्यालय बनेपा, काभ्रेलाई बुझाएको उनले जानकारी दिए । रासस