प्रदेश–२ प्रदेशसभामा आर्थिक कार्यविधि व्यवस्थित गर्न बनेको विधेयक टेबुल • Image Khabar Image Khabar


प्रदेश–२ प्रदेशसभामा आर्थिक कार्यविधि व्यवस्थित गर्न बनेको विधेयक टेबुल


Imagekhabar
१२ चैत्र २०७४, सोमबार १६:५३

प्रदेश–२ प्रदेशसभामा आर्थिक कार्यविधि व्यवस्थित गर्न बनेको विधेयक टेबुल

सोमबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले विधेयक प्रस्तुत् गरेका हुन् ।

प्रदेश सन्चित कोष तथा सरकारी कोषको सन्चालन, बजेटको तर्जुमा, निकासा तथा खर्च गर्ने, लेखा राख्नेलगायतका सम्बन्धमा आवश्यक कानुनी व्यवस्था वान्छनीय भएकाले विधेयक पेस गरिएको जनाइएको छ ।

बैठक सुरु भएपछि नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले आफ्नो पार्टीले प्रमुख प्रतिपक्षीको मान्यता पाउनुपर्ने भन्दै उठेर विरोध जनाएका थिए ।

प्रदेशसभाको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्