
स्वास्थ्यमा आएको समस्याका कारण भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत् खड्काको शीघ्र स्वास्थ्यलाभको कामनासहित उनको गृहजिल्ला दाङका विभिन्न स्थानहरुमा शुभचिन्तकहरुले पूजापाठ गरेका छन् ।
यसैक्रममा सोमबार घोराही उपमहानगरपालिका वडा नम्बर–१८ मा रहेको अम्वीकेश्वरी मन्दिरमा नेविसंघ दाङ साविक क्षेत्र नम्बर–३ ले ग्रहशान्ति चन्डीपाठ गरेको छ ।
सोमबार बिहान पाँचजना ब्राह्मणहरुद्वारा ग्रहशान्ति चन्डीपाठ गरिएको हो ।
त्यसअवसरमा कांग्रेसका स्थानीय नेता–कार्यकर्ता एवं खड्काका शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।
मिर्गौलाको समस्याबाट पीडित खड्काको पछिल्लो समयमा स्वास्थ्य अवस्था गम्भीर बनेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्