गलैंचा बुनेर मनग्य आम्दानी • Image Khabar Image Khabar


गलैंचा बुनेर मनग्य आम्दानी


Imagekhabar
१३ चैत्र २०७४, मंगलवार ०७:५२

गलैंचा बुनेर मनग्य आम्दानी

पर्यटकीय क्षेत्र तीनजुरे-मिल्के-जलजले क्षेत्रका लेकाली यी बजारमा बाह्रै महिना चिसो हावापानी रहेको छ ।

अरु बालीनाली त्यति नहुँदा महिलाले बिहान–बेलुका घरको काम सकेर गलैंचा बुन्ने गर्छन् ।

बाक्लो धागोबाट बुनिएका गलैंचा नेपालकै विभिन्न ठाउँबाट आएका आन्तरिक तथा बाह्य पर्यटकले किनेर लैजाने गरेको सुकेबजारकी लाक्पा शेर्पाले बताइन् ।

करिब ३ हजार मिटरको उचाइमा रहेका यी बजारका अधिकांश महिलाले गलैंचा बुनेरै मासिक खर्च टारिरहेका छन् ।

एउटा गलैंचाको मूल्य ७ हजारदेखि २५ हजार रुपैयाँसम्म पर्नेगर्छ । एउटा गलैंचा बुन्न एक सातासम्म लाग्ने स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्