२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अदालत पछाडि भेटिएको बम नेपाली सेनाद्वारा निस्क्रिय


0
Shares

अदालत भवनको पछाडिको भागमा रहेको सलबहादुर गुरुङको तरकारी बारीमा बम भेटिएको हो ।

मध्याह्न १२ बजेतिर बारी खन्नेक्रममा स्थानीयले उक्त बम फेलापारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सो बम संकटकालको समयमा राखिएको हुनसक्ने अनुमान गरिएको छ ।

संकटकालका बेला सो क्षेत्रमा सुरक्षाकर्मीको ‘फोर्स’ बसेकाले त्यही समयमा बम राखिएको हुनसक्ने अनुमान गरिएको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

बमलाई नयाँ रणभीम गुल्मबाट खटिएको नेपाली सेनाको टोलीले मंगलबारै निस्क्रिय गरेको छ । बम भेटिएको क्षेत्र अदालतसँगै जोडिएको छ ।