राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी सम्पन्न • Image Khabar Image Khabar


राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी सम्पन्न


Imagekhabar
१३ चैत्र २०७४, मंगलवार १९:४४

राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी सम्पन्न

काठमाडौं, चैत १३ । २९औं राष्ट्रिय औद्योगिक वस्तु, प्रविधि प्रदर्शनी तथा खाद्य मेला सम्पन्न भएको छ ।

लघु–घरेलु तथा साना उद्योग विकास समितिले साना उद्यमीहरुलाई राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले आयोजना गरेको प्रदर्शनीमा पौने आठ करोडको कारोबार भएको जनाइएको छ ।

मेलाको ५ लाख जनाले अवलोकन गरेको समितिका सह–कार्यकारी निर्देशक विनोददेव पन्तले जानकारी गराए ।

प्रदर्शनी अपेक्षा गरे अनुसार सफल भएको समितिले जनाएको छ । मंगलबार समापन कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवलगायतले उत्कृष्ठ उद्यमीलाई प्रमाणपत्र वितरण गरे ।

प्रदर्शनीमा ७७ जिल्लाका साना उद्यमीले उत्पादन गरेका हस्तकला, छालाका उत्पादन, रेशम धागोबाट उत्पादित वस्तु, कृषिजन्य उत्पादन लगायतका सामग्रीहरु राखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्