Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


राष्ट्रपतिको शपथबारे सर्वोच्चमा सुनुवाइ हुने


0
Shares

काठमाडौं, चैत १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको विषयमा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज ६५ वर्ष उमेर (२०७४ साउन २१ गते) नै पुगेका तत्कालीन प्रधानन्यायाधीश पराजुलीबाट शपथ लिएकासम्बन्धी विवादमा परेको रिट निवेदन दर्ता गर्न आदेश दिएपछि शपथका विषयमा सुनुवाइ हुने भएको हो ।

आदेशमा भनिएको छ, “संवैधानिक एवं कानूनी प्रावधानको प्रयोग र व्याख्याको दृष्टिले निवेदकले महत्वपूर्ण र गम्भीर विषय उठान गरेको देखिन्छ, यस विषयलाई न्यायिक सुनुवाइको प्रक्रियामा प्रवेश गर्न नदिनु उचित हुँदैन ।”

अधिवक्ता नारायण खरेलले दायर गरेको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो तर न्यायाधीश खतिवडाको इजलासमा पेश गरेको निवेदनमाथिकै सुनुवाइ भएपछि थप बहस हुने भएको हो ।
रासस