
म्याग्दी, चैत १४ । बेनी-जोमसोम-कोरला सडक आयोजना ३० करोड बजेट थपिएको छ ।
४ नं प्रदेशको जीवनरेखा मानिएको बेनी–जोमसोम सडकखण्डअन्तर्गत चारवटा प्याकेजअन्तर्गत भइरहेको काम सहज बनाउन अर्थ मन्त्रालयले ३० करोड रकम थपिदिएको हो ।
उत्तर–दक्षिण अन्तरदेशीय ब्यापारिक महत्वको सडक आयोजनालाई गत असोज महिनाबाट बजेट बिनियोजन नहुँदा मजदुरले समेत काम छोड्न थालेका थिए ।
आयोजनाका प्रमुख नरेन्द्र सुवेदीका अनुसार बेनी–जोमसोम सडकखण्डअन्तर्गतका चारवटा प्याकेजको बिल भुक्तानी गर्न सहज हुने गरी बजेट प्राप्त भएको हो ।
जोमसोमदेखि कोरला नाकासम्म चारवटा प्याकेजमा काम हुने प्रमुख सुबेदीको भनाई छ ।
करिडोर अन्तर्गत पहिलो प्याकेज बेनी–भुरुङ तातोपानीसम्म शर्मा यूनाइटेड जेभी, दोस्रो र तेस्रो प्याकेज शर्मा गजुरमुखी जेभी र चौथो प्याकेज अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङबाट जोमसोमसम्म कोशी कन्स्ट्रक्सनले जिम्मा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्