
काठमाडौं । काठमाडौं उपत्यकामा हिजो सकिमिला पुन्हि मनाइएको छ ।
कात्तिक शुक्ल पूर्णिमाको दिन विशेष गरेर उपत्यकाका तीनै सहर काठमाडौं, भक्तपुर, ललितपुरलगायत काँठ क्षेत्रका नेवार समुदायलेसकिमिला पुन्हि मनाउने गर्छन् ।
यो दिन विशेष गरेर प्रत्येक टोलमा दाफा भजन र ज्ञानमाला भजन गाउँदै भुटेको अन्न, गेडागुडी आदि राखी विभिन्न आकृति बनाई पूजा गर्ने गरिन्छ ।
यो दिन विशेष गरेर सकि (पिडाँलु) र चाकुहि (सकरखण्ड) उसिनेर खाने गरिन्छ ।
नेवार समुदायमा ऋतु अनुसार आफ्नो स्वास्थ्यका लागि लाभ हुने विभिन्न खाना इष्टदेवतालाई चढाएर खाने चलन छ ।
जनैपूर्णिमामा क्वाति, मंसिर शुक्ल पूर्णिमामा यःमरि खाने चलन जस्तै सकिमिला पुन्हिमा सकि अर्थात् पिँडालु र चाकुहि अर्थात् सकरखण्ड खाने चलन रहेको संस्कृतिविद्हरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्