Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


विराटनगरबाट पहिलो पटक पर्वतीय उडान सुरु


0
Shares

विराटनगर । विराटनगरमा पर्यटक लक्षित व्यावसायिक रुपमा पर्वतीय उडान सुरु भएको छ ।

पर्यटन व्यवसायीको पहलमा प्रदेश नं १ को राजधानी विराटनगरबाट आज पहिलोपटक पर्वतीय उडान सुरु गरिएको हो ।

उडानमा मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरु, कर्मचारी र पर्यटन व्यवसायीको टोलीले सगरमाथा,ल्होत्से,कञ्चनजंघा,मकालु लगायतका हिमशिखरको अवलोकन गरेको छ ।

मुख्यमन्त्री राईले पर्यटन क्षेत्रको विकासमा पर्वतीय उडान कोशेढुङा सावित हुने विश्वास व्यक्त गरे ।

आन्तरिक तथा बाह्य पर्यटकलाई सस्तो दरमा चार्टर विमानमार्फत् प्रत्येक शनिवार माउन्टेन फ्लाइट गराइने योजना रहेको छ । 

Skip This