
लगातार ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजारमा मंगलबार उच्च सुधार आएपनि बुधबार उक्त सुधार टिक्न सकेन ।
यसदिन नेप्से तीव्र उतार–चढाव हुँदै तीन अंक बराबरले ऋणात्मक रही १२ सय ४ कायम भएर थामियो । कारोबार भने अघिल्लो दिनसरह नै रह्यो ।
यसदिन आधाभन्दा बढी समूह रातो रहे । बिमा, लघुवित्त, जलविद्युत्, होटल, वित्त र व्यापार समूहमा गिरावट आयो ।
बिमा समूहमा सबैभन्दा उच्च ९१ अंकको गिरावट आयो । लघुवित्त समूहमा २९ अंक, जलविद्युत् समूहमा २१ अंक अनि होटल समूहमा पनि १८ अंकको कमी आयो ।
उत्पादनमूलक, वाणिज्य बैंक, अन्य र विकास बैंक समूह भने हरियो रहे । उत्पादनमूलक समूहमा दोहोरो अंकको सुधार आएपनि अरु समूह सामान्य अंकलेमात्र हरियो रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीका १३ लाख ५२ हजार कित्ता सेयर ५१ करोड ४२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्