१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


सुनको मूल्य तोलामा २०० ले कमी


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले कमी आएर तोलाको ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य मंगलबार तोलाको ५८ हजार ५०० रुपैयाँमा स्थीर रहेको थियो ।

चाँदीको भाउ भने बुधबार पनि तोलाको ७४५ रुपैयाँमै स्थीर रह्यो । चाँदीको भाउ गत बिहीबारदेखि स्थीर रहेको हो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १३ सय ४४ डलर हाराहारीमा कारोबार भएको थियो ।