फलामको भाउ घटाऊ : महासंघ • Image Khabar Image Khabar


फलामको भाउ घटाऊ : महासंघ


Imagekhabar
१४ चैत्र २०७४, बुधबार २०:२४

फलामको भाउ घटाऊ : महासंघ

महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी पछिल्लो समय व्यापारीले प्रतिकिलोग्राम ३५ रुपैयाँसम्म मूल्यवृद्धि गरेको भन्दै तत्काल फिर्ता गर्न माग गरेको हो ।

निर्माणमा बढी प्रयोग हुने डन्डी, ग्रील, रेलिङलगायतका वस्तुमा अस्वाभाविकारुपमा मूल्यवृद्धि भइरहँदा पनि सरकारले चासो नदेखाएको भन्दै तत्काल अनुगमन गरी कारबाही गर्न उद्योगी–व्यवसायीले माग गरेका हुन् ।

महासंघका अध्यक्ष मोहन कटुवालले विभिन्न बहानामा ग्रीलजन्य फलाम तथा निर्माण सामग्रीहरूको मूल्यवृद्धि हुँदा भूकम्पप्रभावितसहित यस पेसामा आवद्ध १ लाख ६० हजार व्यक्तिको भविष्य संकटमा परेको बताए ।

उनले तत्काल बढेको मूल्य फिर्ता नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

मूल्यवृद्धिसँगै पछिल्लो समय कृत्रिम अभावसमेत सिर्जना गरिएको महासंघको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्