कोरियाबाट फर्केका युवाले दुई करोडको लगानीमा खोले ‘वाटर-पार्क’ • Image Khabar Image Khabar


कोरियाबाट फर्केका युवाले दुई करोडको लगानीमा खोले ‘वाटर-पार्क’


Imagekhabar
१५ चैत्र २०७४, बिहीबार ०८:५७

कोरियाबाट फर्केका युवाले दुई करोडको लगानीमा खोले ‘वाटर-पार्क’

जल क्षेत्रको माध्ययमबाट पर्यटन क्षेत्रको विकासका लागि रुपन्देहीका उद्योगी तथा व्यवसायीले मंगलापुरमा वाटर पार्क संचालनमा ल्याएका छन् ।

वाटर पार्क काठमाडौं बाहिरको दोस्रो भएको लगानीकर्ताको दाबी छ ।

७ वर्ष कोरिया बस्दा वाटर पार्कमै काम गरेर अनुभव बटुलेका बुटवल चाँदवारीका कृष्ण खनालको ‘अवधारणा’ मा वाटर पार्क संचालनमा ल्याइएको हो ।

लुम्बिनी हेल्थ वाटर किङ्डममार्फत ३ वर्षअघि वाटर पार्क निर्माणको काम शुरु भएको थियो ।

६० जनाको साढे २ करोड रुपैयाँभन्दा बढीको लगानीमा ४४ कट्ठा क्षेत्रफलमा यो वाटर पार्क सञ्चालनमा ल्याइएको खनालले जानकारी दिए ।

वाटर पार्कमा बालबालिका, युवायुवतीदेखि जुनसुकै उमेरका व्यक्ति रमाउन सक्ने लगानीकर्ताको भनाइ छ ।

हाल पार्कमा दुईवटा स्लाइडर पुल, एउटा वेभ पुल र एउटा टाइड्स पुल सञ्चालनमा ल्याइएको छ ।

पार्कको बीचमा रेष्टुराँसहितको वाटर बोटिङका लागि पोखरी खन्ने काम अन्तिम चरणमा पुगेको छ ।

वाटर पार्कमा २० जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । वाटर पार्कमा एकपटकमा १ हजार जनाले सेवा लिन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्