सरकारले कुरा मात्र गर्दैन कामै गरेर देखाउँछः प्रधानमन्त्री ओली • Image Khabar Image Khabar


सरकारले कुरा मात्र गर्दैन कामै गरेर देखाउँछः प्रधानमन्त्री ओली


Imagekhabar
१५ चैत्र २०७४, बिहीबार १२:३२

सरकारले कुरा मात्र गर्दैन कामै गरेर देखाउँछः प्रधानमन्त्री ओली

भगवान श्री महावीरको २६१७ औं जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यसका लागि समाजमा शान्ति सुव्यवस्था र सुशासन जरुरी पर्ने भएकाले सरकार त्यसैतर्फ केन्द्रित रहको बताए ।

प्रधानमन्त्री ओलीले जनताको इच्छा र चाहना अनुसार संविधान र सरकार बनेको भन्दै अब वादविवादमा मात्रै समय खेर नफाली दिगो शान्ति, समृद्धि र विकासको लक्ष पूरा गर्न सरकार लाग्ने उल्लेख गरे । समाजलाई भड्काएर कुबाटोमा लगाउने कसैलाई पनि छुट नदिईने प्रष्ट गरे ।

कार्यक्रममा नेपाली कांग्रसका नेता गगन थापाले यतिबेला धर्म र जातको विषय उचालेर उत्तेजित बनाउने तत्व सक्रिय भएकाले सचेत रहन सबैमा अपील गरे कार्यक्रममा भगवान महावीरको दिव्य सन्देशबारे चर्चा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्