
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समिति बैठकमा रमेश रिजाल, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, ज्ञानेन्द्र कार्कीलगायतले धारणा राखेका थिए ।
बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवाको चर्को आलोचना गर्दै आएका छन् ।
तर, बिहीबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले भने सभापति देउवाको बचाऊ गरेका छन् ।
निर्वाचनमा भोग्नुपरेको पराजय र भावी रणनीतिका विषयमा धारणा राख्नेक्रम जारी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बिहीबारसम्म ३८ जना केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् भने करिब तीन दर्जन केन्द्रीय सदस्यले बोल्न बाँकी रहेको पनि शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्