मुख्यमन्त्री भट्ट र भारतीय राजदूत पुरीबीच भेटवार्ता • Image Khabar Image Khabar


मुख्यमन्त्री भट्ट र भारतीय राजदूत पुरीबीच भेटवार्ता


Imagekhabar
१५ चैत्र २०७४, बिहीबार १८:१९

मुख्यमन्त्री भट्ट र भारतीय राजदूत पुरीबीच भेटवार्ता

धनगढीमा भएको भेटवार्ताकाक्रममा मुख्यमन्त्री भट्टले नेपाल–भारत जोड्ने गौरीफन्टा र झुलाघाट नाकाको स्तरोन्नति लागि समन्वय गर्न राजदूत पुरीसँग आग्रह गरे ।

भेटमा भारत कृषिको क्षेत्रमा निकै अगाडि रहेको बताउँदै मुख्यमन्त्री भट्टले त्यहाँको प्रविधि भित्र्याउनसके प्रदेश–७ मा पनि कृषिको क्षेत्रमा प्रगति गर्नसकिने विषयमा छलफल भएको जानकारी दिए ।

यो कुनै योजनाबद्ध वा विषयगत भेटवार्ता भने नभएको उनले स्पष्ट पारे ।

भारतीय राजदूत पुरी महेन्द्रनगर आउनेक्रममा भेट्न चाहेको परराष्ट्र मन्त्रालयबाट जानकारी आएको र सोअनुसारै भेट भएको मुख्यमन्त्री भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्