
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका–१३ मुकुन्दपुरमा आज बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना मृत्यु भएको छ ।
जुम्लाबाट काठामाडौं आउँदै गरेको ना ५ ख ३९८७ नम्बरको कर्णाली यातायातको बसले ना. ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका–८ बस्ने २० वर्षीय अनिल पौडेल र गैडाकोट–१ बस्ने १९ वर्षीय कृष्ण सापकोटा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्