इन्दुशंकर चिनी उद्योगले किसानलाई ४० करोड रुपैयाँ भुक्तानी दिन बाँकी • Image Khabar Image Khabar


इन्दुशंकर चिनी उद्योगले किसानलाई ४० करोड रुपैयाँ भुक्तानी दिन बाँकी


Imagekhabar
१५ चैत्र २०७४, बिहीबार १९:१५

इन्दुशंकर चिनी उद्योगले किसानलाई ४० करोड रुपैयाँ भुक्तानी दिन बाँकी

उद्योगले बुधबार (हिजो)सम्म किसानबाट दुई अर्ब मूल्य बराबरको उखु खरिद गरेर एक अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरे पनि ४० करोड दिन नसक्दा किसान मारमा परेका छन् ।

हरिवन नगरपालिका–१ मा रहेको सो चिनी मिलमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका किसानले करिब ८७ हजार बिगाह क्षेत्रफलको उखु बिक्री गरेका हुन् ।

वि.सं. २०४२ मा स्थापना भएको सो उद्योगले चालू आर्थिक वर्षको हालसम्म ३६ लाख १५ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ ।

प्रतिक्विन्टल ५३१ रुपैयाँ २० पैसामा उखु खरिद गर्दै आएको चिनी मिलले यो वर्ष पाकिस्तान र बंगलादेशबाट चिनी नेपाल आइसकेको भन्दै किसानलाई भुक्तानी दिन आनाकानी गर्दै आएको हो ।

आगामी साउन मसान्तसम्ममा बाँकी रकम भुक्तान गरिने मिलका उपप्रबन्धक योगनारायण रजकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्