
बजार परिसूचक नेप्से उतार–चढावबीच १५ अंकले उकालो लागेर १२ सय २० पुग्यो ।
कारोबार भने यसदिन अघिल्ला दिनका तुलनामा न्यून रह्यो । व्यापार र अन्यबाहेक अरु समूह हरियो रहे ।
बिमा समूहमा सबैभन्दा उच्च ६६ अंकको वृद्धि आयो । विकास बैंक, वाणिज्य बैंक, वित्त र उत्पादनमूलक समूहमा दोहोरो अंकको सुधार आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६४ कम्पनीका १४ लाख २७ हजार कित्ता सेयर जम्मा ३९ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्