सेयरबजारको गिरावटप्रति कांग्रेसको चिन्ता • Image Khabar Image Khabar


सेयरबजारको गिरावटप्रति कांग्रेसको चिन्ता


Imagekhabar
१५ चैत्र २०७४, बिहीबार २१:१०

सेयरबजारको गिरावटप्रति कांग्रेसको चिन्ता

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सेयरबजारको ‘वियरिष ट्रेन्ड’प्रति चिन्ता व्यक्त गरिएको हो ।

कांग्रेस केन्द्रीय सदस्यले सेयरबजार ओरालो लाग्नु मुलुकका लागि शुभसंकेत नभएकोसमेत उल्लेख गरे ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सेयरबजार ओरालो लागेकोप्रति सरकार गम्भीर हुनुपर्ने कांग्रेसको भनाइ रहेको उल्लेख गरे ।

वर्तमान समयमा सेयरबजार ओरालो लाग्नुले सरकारको समृद्धिको नारालाई पुँजीबजारले विश्वास गर्न नसकेको कांग्रेस सदस्यहरुको भनाइ छ ।

प्रवक्ता शर्माले यससम्बन्धी ट्वीट नै गर्दै सेयर मार्केट भनेको अर्थतन्त्रको गतिलाई मापन गर्ने पल्स भएको र नयाँ सरकार गठन भएपछि यो किन ओरालो लागिरहेको भन्नेबारेमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

यसअघि, गत मंगलबार राष्ट्रियसभामा बोल्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले पनि सेयरबजारमा आएको गिरावटका सम्बन्धमा सरकारको धारणा माग गरेका थिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयरबजारलाई अनुत्पादनशील क्षेत्र भनेकोबारे आपत्ति जनाउँदै उनले यससम्बन्धी प्रस्ट पार्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्