११ भाद्र २०८२, बुधबार | Thu Aug 28 2025


अफगानिस्तानको मस्दिजमा बम आक्रमण, १२ जनाको मृत्यु


0
Shares

काठमाडौं । अफगानिस्तानको पूर्वी खोस्ट प्रान्तको मन्दोजाई जिल्लास्थित एक मस्जिदमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको छ ।

बम आक्रमणमा ३३ जना घाइते भएका छन् । मृत्यु र घाईते हुने सबै अफगान राष्ट्रिय सेनाका सुरक्षाकर्मी भएको खोस्ट सुरक्षा वेशका प्रवक्ताले जनाएका छन् ।

मस्दिजमा पूजाका लागि ठूलो संख्यामा धर्मावलम्बीहरु आएका बेला सैनिकहरु रहेको स्थानमा आक्रमण भएको प्रान्तीय गभर्नर हाकाम खान हाबीबीले जानकारी दिएका छन् । 

घटनाका बारेमा सरकारी अधिकारीहरुले विस्तृत जानकारी नदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि राजधानी काबुलमा तीन दिनअघि भएको आत्मघाती आक्रमणमा ५० जनाको मृत्यु भएको थियो ।(एजेन्सी)