
एक हप्तादेखि निकुञ्जको भावर क्षेत्रमा डढेलो लागिरहेको हो । सुख्खा मौसम शुरु भएसँगै हावाको चाप बढ्ने र डढेलो लाग्ने क्रम बढेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य बताउँछन् ।
हाल निकुञ्जको दक्षिणी भावर क्षेत्रमा बढी डढेलो लागेको छ । पानी नपरेकाले डढेलो छिटो फैलन थालेको हो ।
गत बर्ष एकैदिनमा ६ सयभन्दा बढी स्थानमा डढेलो लागेको थियो ।
निकुञ्जमा प्रवेश गर्ने गोठालाले चुरोटको ठुटा र सलाई कोरेर फाल्दा आगो लाग्ने गरेको छ । यसबाहेक मानवीय गतिविधि नभएको क्षेत्रमा पनि हावाको अत्यधिक बेगमा रुखहरुको आपसी घर्षणबाट आगोको झिल्का उत्पन्न भई डढेलो लाग्ने गरेको बताइन्छ ।
डढेलो रोक्न प्रशासनले निकुञ्जको विभिन्न क्षेत्रमा फायर लाइन बनाएको छ । एक भागबाट अर्को भागमा आगो फैलिन नदिन निकुञ्ज क्षेत्रमा २ सयदेखि २५० किलोमिटर फायर लाइन बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्